काठमाण्डौमा भएको दुर्घटनामा प्रहरी हवल्दारको ज्यान गयो, तीन जना घाइते

 भदौ १२, २०७९ आइतबार ८:१५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।

काठमाण्डौको गोकर्णेश्वर नगरपालिका-६ मा गएराति साढे ११ बजे भएको दुर्घटनामा प्रहरी प्रभाग साँखुमा कार्यरत प्रहरी हवल्दारको ज्यान गएको हो ।

बा ७६ प १३५ नम्बरको स्कुटर र वाग्मती प्रदेश ०२– ०१९ प २४७६ नम्बरको मोटरसाइकल ठोक्किँदा स्कुटरका चालक शङ्खरापुर नगरपालिका-५ पालुबारीका ३५ वर्षका प्रहरी हवल्दार बालकुमार कट्वालको ज्यान गएको हो । उहाँको अत्तरखेल मेडिकल कलेजमा उपचारमा क्रममा गएराति पौन १२ बजे ज्यान गएको हो ।

यस्तै, दुर्घटनामा  स्कुटरको पछाडि बस्ने जोरपाटीका ३१ वर्षका सुरेश राई घाइते हुनुभएको छ । यस्तै, मोटरसाइकल चालक भक्तपुरका सुमन श्रेष्ठ र मोटरसाइकलको पछाडि बस्ने रोजित गाइजु घाइते हुनुभएको छ। गाइजुको नर्भिकमा र अरु दुई जनाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया