राष्ट्रपतिले फिर्ता गरेकाे नागरिकता विधेयककाे सन्देश राष्ट्रिय सभामा टेबुल

 भदौ १२, २०७९ आइतबार १३:३९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गर्नुभएको नागरिकता विधेयकको सन्देश राष्ट्रिय सभामा टेबुल भएको छ । यसअघि सङ्घीय संसद्का दुवै सदनबाट पारित भएर राष्ट्रपति कार्यालयमा पुगेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले सन्देशसहित फिर्ता गर्नुभएको थियो ।

राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्ने क्रममा लेखेको सन्देश वाचन गर्नुभएको हो । राष्ट्रपतिले प्रमाणीकरणका लागि प्राप्त भएको १४ दिनपछि गएको साउन २९ गते प्रतिनिधि सभामा फिर्ता पठाउनुभएको थियो । फिर्ता भएको विधेयकलाई प्रतिनिधि सभाले भदौ २ गतेको बैठकबाट जस्ताको तस्तै पारित गरेको थियो । प्रतिनिधि सभाबाट पारित भएपछि विधेयक राष्ट्रिय सभामा पुगेको हो ।

राष्ट्रिय सभाको आजकै बैठकमा प्रतिनिधि सभाबाट विधेयक पारित भएको सन्देश पनि सुनाइने कार्यसूची छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया