नेपाल कबड्डी लिगमा जनकपुरले पोखरालाई र काठमाण्डौले धनगढीलाई...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गर्नुभएको नागरिकता विधेयक राष्ट्रिय सभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । यसअघि प्रतिनिधि सभाले जस्ताको तस्तै पारित गरेको विधेयक राष्ट्रिय सभाले भने दफावार छलफलका लागि समितिमा पठाएको हो ।
आज आइतवार बसेको राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएकोमा त्यसलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो । सरकार र सत्तारूढ गठबन्धनले विधेयक सदनमै छलफल गर्नुपर्छ भनिरहेकोमा पछाडि हटेर समितिमा पठाएको हो ।
अब विधेयकमाथि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफल हुनेछ । समितिले विधेयक पारित गरेर समितिको प्रतिवेदनसहित पुनः सभामा पेस गर्नेछ । राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गतेका लागि बाेलाइएको छ ।
यसअघि दुवै सदनबाट पारित भएर राष्ट्रपति कार्यालय पुगेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले १४ दिन रोकेर सन्देशसहित सदनमै फिर्ता गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Santosh Rai
Aug. 28, 2022, 2:29 p.m.राष्ट्रघाती बिधेयक खारेज हुनु पर्छ