बर्दियामा बाढीको उच्च जोखिम, दिउँसोसम्म नै सतर्कता अपनाउन आग्रह

 भदौ १३, २०७९ सोमबार ११:२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - बर्दियामा बाढीको उच्च जोखिम रहेकाले दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बबई नदीमा जलसतह खतरा नजिक रहेकाले तटीय क्षेत्रमा दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो ।

यस्तै, आज कन्काई, नारायणी, पश्चिम राप्ती, महाकाली र यसका सहायक नदीहरुमा बहाव उल्लेख बढ्ने भएकाले यी नदी आसपासका क्षेत्रमा पनि सचेत रहन आग्रह गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज झापा, मोरङ, सुनसरी, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, रसुवा, तनहुँ, स्याङ्जा, पर्वत, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, रोल्पा, दाङ, बाँके, सल्यान, रुकुम पश्चिम, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र आसपासका क्षेत्र भइ बहने साना नदीहरुमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ । 

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया