जन्मसिद्ध नागरिकताको अधिकार खारेज गर्ने अमेरिकी राष्ट्रपति ट्रम्...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै – सांसद प्रेम सुवालले ठमेलमा सार्वजनिक पाेखरी मिचेर बनाइएकाे व्यापारिक भवन छाया कम्प्लेक्स भत्काउन आवश्यक रहेकाे बताउनुभएकाे छ । आज साेमवार प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
भारतको नाेयडामा नियम मिचेर बनाइएकाे गगनचुम्बी ट्विन टावरमा विस्फाेटक पदार्थ राखेर भत्काएकाे उदाहरण हिँदै उहाँले काठमाण्डाैकाे सार्वजनिक ठाउँ कमल पोखरीकाे जग्गा मिचेर बनाइएकाे छाया कम्प्लेस भत्काउनुपर्ने बताउनुभएकाे हाे ।
यस्तै उहाँले त्रिभुवन विश्वविद्यालय तीन वर्षमा तीन सय दिन तालाबन्दी भएकाले तीन वर्षयता प्रधानमन्त्री र शिक्षामन्त्री भएकाहरूलाई स्पष्टीकरण सोध्नुपर्ने बताउनुभयो । युद्धको समयमा समेत विद्यालय र विश्वविद्यालय सञ्चालन भएका देशहरू धेरै रहेको उहाँकाे भनाइ छ ।
सांसद सुवालले चुनाव घोषणा भएपछि संसद् चलिरहने आचारसंहिताको उल्लङ्घन भएको गुनासो भएकाले तत्काल संसद् अन्त्य गर्न माग गर्नुभयो । उहाँले उल्लेखित विषयमा सभामुखसँग रुलिङको मागसमेत गर्नुभयो ।
सांसद दिव्यमणि राजभण्डारीले गोरखा रेजिमेन्टमा भर्ना भएका नेपालीले पाउनुपर्ने सुविधाको विषय टुङ्गो लगाउन सरकारसँग माग गर्नुभएको छ । राजभण्डारीले गोरखा सैनिकको मागलाई सरकारले बेवास्ता गरेर दुःखी बनाएकाले तत्काल माग पूरा गर्न माग गर्नुभएको हो । उहाँले भारतमा समेत गोरखा भर्नामा नयाँ नियम बनाइएको बताउनुभयो ।
त्यस्तै सांसद दीपकप्रकाश भट्टले विद्यालयमा काम गर्ने शिक्षकहरूको संस्था नेपाल कर्मचारी परिषद्ले उठाएका मागलाई तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो । उहाँले विद्यालय व्यवस्थापन र विद्यालयका कर्मचारी दुईतर्फ भइरहेकाले उनीहरूको जायज माग सरकारले तत्काल पूरा गर्नुपर्ने बताउनुभयो ।
सांसद दुर्गाकुमारी विश्वकर्माले आउँदाे मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको चुनावमा विदेशमा हुने नेपालीलाई पनि भोट हाल्न पाउने व्यवस्था मिलाउन माग गर्नुभयो । उहाँले अहिले ४५ लाख नेपाली विदेशमा रहेका तर अहिलेसम्म चुनावमा मत दिने अधिकार नपाएका बताउनुभयो । सांसद विश्वकर्माले सम्बन्धित दूतावासबाट भोट हाल्न पाउने व्यवस्था गर्न पनि माग गर्नुभयो । उहाँले नेपालमा नै रहेर नेपाली विभिन्न उद्योगमा काम गर्ने नागरिकले भोट दिन नपाएको अवस्था रहेको भन्दै उनीहरूलाई पनि भोट हाल्ने वातावरण बनाउन माग गर्नुभयो ।
त्यस्तै सांसद नवराज सिलवालले ललितपुरको ठूला दुलुङ क्षेत्रमा उत्पादन हुने कफी खेतीलाई प्रवर्द्धन गर्न आर्थिक र प्राविधिक प्याकेज माग गर्नुभयो । उहाँले त्यस क्षेत्रमा १२ सय परिवार कफी खेतीमा संलग्न भएर युरोपमा कफी निर्यात गरिरहेका बताउनुभयो । सिलवालले यो वर्ष झन्डै नाै टन कफी निर्यात गर्ने किसानले लक्ष्य राखेको पनि बताउनुभयो । त्यहाँका किसानले मन्त्रालयमा गएर कफी खेती प्रबन्धन गर्न आर्थिक सहयोग माग गर्दासमेत सरकारले कानमा तेल हालेर बसेको उहाँकाे आरोप छ ।
सांसद पार्वता जिसी चौधरीले माओवादी र कांग्रेसको अपवित्र गठबन्धनले देश र पार्टी दुवैको हित नगर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई अपवित्र गठबन्धन गर्नु नागरिकसँगको बेइमानी भएको भन्दै नेपाली कांग्रेसलाई बचाउन गठबन्धन तोड्न आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्री देउवालाई कांग्रेस आउँदाे चुनावमा एक्लै जाने घोषणा गर्न सुझाव दिनुभयो ।
त्यस्तै सांसद अञ्जना बिसुङ्खेले आउँदाे चुनावमा महिलाका लागि निर्वाचन आरक्षण तोकी कानुन बनाएर समानुपातिक सहभागिता कायम गर्न सरकारसँग माग गर्नुभयो । उहाँले आरक्षण ताेकेर तत्काल विधेयक ल्याउन सभामुखलाई रुलिङ गर्न माग गर्नुभयो ।
सांसद डा.विजय सुब्बाले साझा प्रकाशनलाई कक्षा ११ को पाठ्यपुस्तक छाप्न दिने निर्णय भए पनि स्वीकृत नभएको भन्दै तत्काल फाइल स्वीकृत गर्न माग गर्नुभयो । उहाँले योभन्दा अगाडिका ६ जना शिक्षामन्त्रीले साझा प्रकाशन केन्द्र डुबाएको पनि आराेप लगाउनुभयाे । शिक्षामन्त्रीलाई साझा प्रकाशनको विषयमा गलत सूचना गएको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Abjal miya
Aug. 30, 2022, 4:33 p.m.जोरले न चिल्लाउ बिरोधी भन्नेछन चुप चाप कामगर जसरी बालेनले गरे।