पठाओले पनि बाइक/स्कुटरमा राखिएका मोबाइल 'स्ट्यान्ड' हटाउने

 भदौ १५, २०७९ बुधबार १९:३८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ट्राफिक प्रहरीले मोटरसाइकल र स्कुटरमा राखिएका मोबाइल स्ट्यान्ड हटाउन निर्देशन दिएको छ । ट्राफिक प्रहरीले नेपाल सरकारको प्रचलित कानुनअनुसार निर्माण भइसकेको मोटरसाइकल वा स्कुटरमा केही कुरा थप्नु वा हटाउनु बाइकको स्वरूप परिवर्तनअन्तर्गत पर्ने भन्दै मोबाइल स्ट्यान्ड हटाउन निर्देशन दिएको छ ।

ट्राफिकको निर्देशनअनुसार सबैभन्दा ठूलो राइड शेयरिङ कम्पनी पठाओले पनि आफ्ना चालकलाई मोबाइल स्ट्यान्ड हटाउन निर्देशन दिएको छ । तर कतिपय राइडर र फुडम्यान साथीहरूले मोबाइल स्ट्यान्ड नहुँदा गुगल म्याप प्रयोग गर्नमा कठिनाइ भएको भनेर गुनासो गरिरहेका पठाओले जनाएको छ ।

‘हामी हाम्रा अग्रभागमा खटिएर काम गर्ने साथीहरूको सुझाव र गुनासोलाई सम्बन्धित निकायमा पहलकदमी गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ’, पठाओले भनेको छ । 

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया