जन्मसिद्ध नागरिकताको अधिकार खारेज गर्ने अमेरिकी राष्ट्रपति ट्रम्...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै – मुग्लिन-नारायणगढ सडकखण्ड खुलाउन पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो हटाउन दुई वटा डोजर, एउटा एक्साभेटर र दुई वटा लोडरको प्रयोग गरिएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा बिहान साढे ५ बजे लेदोसहितको पहिरो खसेको हो । १८ किलो र ५ किलोमा खसेको पहिरो भने हटाइएको सडक डिभिजिन कार्यालय भरतपुरका इञ्जिनियर सागर कार्कीले उज्यालोलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार केराबारीमा भने लगातार लेदोमाटो बगीरहेकाले पहिरो हटाउन समस्या भएको छ । थप पहिरो नगए दिउँसो दुई/तीन बजेसम्ममा पहिरो हटाउने गरि काम भइरहेको उहाँले बताउनुभयो । तर, पानी परिरहेकाले थप पहिरो जाने जोखिम छ । यस्तै, सडक छेउछाउमा अनधिकृत रुपमा बनाइएका घर टहरा र बिजुलीको पोलका कारण पहिरो हटाउन समस्या भएको कार्कीले बताउनुभयो ।
यस्ता अनधिकृत संरचनाका कारण पहिरो पन्छाउन ढिलाइ भइरहेको उहाँको भनाइ छ । सडक बन्द हुँदा बिहानैदेखि गाडी र यात्रु रोकिएका छन् । उपचारका लागि काठमाण्डौ आएका बिरामी थप मर्कामा परेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।