मेयर बालेन्द्र शाह मन्त्री भेट्न स्वास्थ्य मन्त्रालयमा, सरकारी अस्पतालको सेवा भद्रगोल रहेकोमा असन्तुष्ट

 भदौ १६, २०७९ बिहीबार १४:५३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङसँग भेटवार्ता गर्नुभएको छ । काठमाण्डौ महानगरपालिकाभित्र रहेका ठूला सरकारी अस्पतालमा सेवा प्रवाह राम्रो नभएको, फोहर व्यवस्थापन नभएको, शुल्क महँगो भएको लगायतका गुनासा आएको भन्दै मेयर शाहले स्वास्थ्य मन्त्रीलाई भेट्नुभएको हो ।

छलफलमा स्वास्थ्य मन्त्री खापुङ, राज्यमन्त्री हिराबहादुर केसी, स्वास्थ्य सचिव, स्वास्थ्य सेवा विभागका महानिर्देशक, वीर अस्पताल, ट्रमा सेन्टर, प्रसूति गृह, सिभिललगायतका अस्पतालका निर्देशक सहभागी थिए ।

मेयर शाहका कुरा सुनेपछि मन्त्री खापुङले आफूले यसअघि नै सबै अस्पतालका निर्देशकलाई एक महिनाभित्र गुनासो सम्बोधन हुने गरी काम गर्न निर्देशन दिएको बताउनुभयो । निर्देशकहरूले नै एक महिनाको समय मागेको र त्यो समयसम्म कुर्ने र प्रगति सन्तोषजनक नपाइएमा थप कदम चाल्ने मन्त्री खापुङको भनाइ थियो ।

छलफलमा मेयर शाहले अस्पतालको अनुगमनमा जाने प्रस्ताव गर्नुभएको थियो, जवाफमा मन्त्री खापुङले अस्पतालका निर्देशकहरूले मागेको एक महिनाको समय कुर्न र त्यसपछि अनुगमनमा जाँदा उपयुक्त हुने बताउनुभयो । अस्पतालहरूमा फोहर, शौचालय छिर्नै नसकिने अवस्था, बेडका खोल नफेरिने, कर्मचारीले रुखो व्यवहार गर्नेलगायतका गुनासो आएको मेयर शाहले बताउनुभएको थियो । 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया