ललितपुर महानगरले पनि अनधिकृत संरचना हटाउन थाल्यो

 भदौ १७, २०७९ शुक्रबार १४:४३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुर महानगरपालिकाले पनि नियम विपरीत बनाइएका संरचना हटाउन सुरु गरेको छ । लगनखेलमा आफ्नै भवनमा नियम विपरीत बनाएको संरचना हटाएर अनधिकृत संरचना हटाउन सुरु गरिएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिनुभयो ।

ठेक्कामा दिएको त्यो भवनमा फुटपाथसम्म ओगटेर नियम विपरीत क्वालिटी क्याफे सञ्चालनमा थियो । महानगरपालिकाले फुटपाथ ओगट्नेलाई पत्र नबुझाइ पनि कारबाही गर्न मिल्ने भएकाले नगर प्रहरीको टोलीले भत्काएको उहाँले जानकारी दिनुभयो । भोलि शनिवारदेखि भने निर्माण सामग्री राखेर सडकमा हिँड्न अप्ठ्यारो भएका संरचना हटाइने उहाँले बताउनुभयो । 

यस्तै पत्र बुझाउनुपर्ने अनधिकृत संरचना भत्काउन भने दशैँसम्मको समय दिइएको उहाँले बताउनुभयो । महानगरपालिकाले घर–घरमा गएर माइकिङ गर्दै अनधिकृत संरचना हटाउन निर्देशन दिएको हो । निर्देशन नमानेमा नगर प्रहरीको टोली गएर भत्काउन बाध्य हुने हाछेथुले बताउनुभयो ।

काठमाण्डौ महानगरपालिकाले अनधिकृत संरचना हटाउने अभियान सुरु गरेपछि देशका विभिन्न नगरपालिकाले पनि अनधिकृत संरचना हटाउने अभियान सुरु गरेका छन् । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया