प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल

 भदौ १९, २०७९ आइतबार १२:१३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

सत्ता गठबन्धनमा सिट बाँडफाँटमा सहमति जुट्न नसकेको बेला दुई नेताबीच बिहान छलफल भएको हो ।

आज दिउँसो ३ बजे सिट बाँडफाँटबारे सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुनु अघि उहाँहरुबीच छलफल हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

 सत्ता गठबन्धनमा नेपाली कांग्रेसले एक सय सिट दाबी गरे पनि घट्ने सम्भावना छ । सत्ता गठबन्धनका पाँचै दलले आफूले गरेको दाबीबाट घटेर सिट बाँडफाँट टुङ्ग्याउने तयारी गरेका छन् ।

सिट बाँडफाँटबारे लामो समयदेखि गठबन्धनका शीर्ष नेताहरुबीच छलफल हुँदै आए पनि सहमति हुन सकेको छैन ।

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया