चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु भदौ २७ गते नेपाल आउँदै

 भदौ १९, २०७९ आइतबार १५:४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु आउँदो २७ गते नेपाल आउनुहुने भएको छ । अध्यक्ष चान्सु सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणमा चार दिने भ्रमणमा लागि नेपाल आउन लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल भ्रमणमा आउन लाग्नुभएका चान्सु चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) मा तेस्रो र चीनको संविधानअनुसार राज्य सत्ताको भूमिकामा दोस्रो वरीयतामा रहनुभएको छ । भ्रमणका क्रममा चान्सु र सभामुख सापकोटाबीच द्विपक्षीय भेटवार्ता हुनेछ ।

यस्तै चान्सुले राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सु नेपाल भ्रमणमा आउने राष्ट्रपति सी जिनपिङपछिका दोस्रो ठूलो तहका नेता हुनुहन्छ । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया