तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा आफ्नो उत्तराधिकारीहरू तयार हुन् भन्ने सपना रहेको बताउनुभएको छ ।
आज बुधवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले काठमाण्डाैमा आयोजना गरेको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीमा राम्रो उत्तराधिकारीहरू तयार होउन् भन्ने आफ्नो सपना रहेको बताउनुभयो । उहाँले जनयुद्धको थालनीदेखि गणतन्त्रको समेत आफूले नेतृत्व गरेको भन्दै पार्टीलाई एकताबद्ध गर्ने र क्रान्तिकारी परम्परालाई अगाडि बढाउने उत्तराधिकारी तयार हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘मैले जनयुद्धको तयारीको पनि नेतृत्व गरेँ । जनयुद्धको पनि नेतृत्व गरेँ । संविधान सभाको पनि नेतृत्व गरेँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पनि नेतृत्व गरेँ । मेरा लागि धेरै चिज भएकै छ । अब मेरो सपना भनेकाे राम्रो उत्तराधिकारीहरू तयार हुन् भन्ने हाे । तिनले सिङ्गाे पार्टीलाई एकताबद्ध गरेर लैजाउन् । तिनले तमाम क्रान्तिकारीलाई सही स्कुलिङ गरून् र हाम्रो विरासत, हाम्रो परम्परा, क्रान्तिकारीको परम्परालाई अगाडि बढाउन सम्पूर्ण उदारताको साथ ठूलो छाती लिएर सबै अगाडि बढून् । हजारौँ र लाखौँ उत्तराधिकारी तयार होउन् । यही मेरो सपना छ ।’
अध्यक्ष दाहालले सडक, सदन र सरकारका तीन वटा नै मोर्चाबाट सङ्घर्ष गरेर मात्रै आन्दोलनका उपलब्धिको रक्षा गर्न सकिन्छ भन्ने विश्लेषण पार्टीको रहेको बताउनुभयो । उहाँले सडकको हिरो युवा र विद्यार्थीहरू भएको उल्लेख गर्दै उनीहरू सडकमा नआउँदासम्म देशले गति नलिने बताउनुभयो ।
यसैबीच कार्यक्रममा अर्थमन्त्रीसमेत रहनुभएका पार्टीका उपमहासचिव जनार्दन शर्माले विद्यार्थी सङ्गठनमा समस्या देखिएको भन्दै अध्यक्ष दाहालप्रति असन्तुष्टि व्यक्त गर्नुभएको थियो । सङ्गठनमा समानान्तर गतिविधि गर्नेलाई अध्यक्ष दाहालले पुल्पुल्याएको भन्ने उहाँको भनाइ थियो । उहाँले नीति र नेतृत्वको रक्षा गर्नुपर्ने बताउनुभयो । जवाफमा अध्यक्ष दाहालले जनार्दन शर्मालाई रक्षा गर्न र हुर्काउन पनि आफ्नो मुख्य भूमिका रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।