१७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दै

 भदौ २४, २०७९ शुक्रबार ७:०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - १७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारतबीच खेल हुँदैछ । खेल श्रीलङ्काको कोलम्बोको रेस कोर्स मैदानमा नेपाली समय अनुसार दिउँसो पौने चार बजे सुरु हुनेछ ।

नेपालले समूह चरणको अन्तिम खेलमा आज भारतसँग खेल्न लागेको हो । यो खेलपछि समूह विजेता र उपविजेता तय हुनेछ । समूह ‘बी’ मा ३ अङ्क जोडेको नेपाल दोस्रो र भारत शीर्ष स्थानमा छन् । नेपालले भुटानलाई हराउँदै विजयी सुरुआत गरेको थियो ।

जितसँगै नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको छ । भारत पनि अन्तिम चारमा पुगिसकेको छ । आज नेपालले भारतलाई हराउन सकेमा समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ । भारतले नेपाललाई हराएमा समूह विजेता बन्नेछ । दुवै खेल हारेको भुटान बाहिरिसकेको छ । आज हुने दोस्रो खेलमा बेलुका श्रीलङ्का र माल्दिभ्स खेल्दैछन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया