तीन हप्तामा २९ जना श्रमिकले प्रत्यक्ष रूपमा राखे श्रम मन्त्रीसँग आफ्नो समस्या र गुनासो

 भदौ २६, २०७९ आइतबार १७:२०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : मन्त्रीको सचिवालय

काठमाण्डौ – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले आज आइतबार ९ जना श्रमिकको समस्या सुन्नुभएको छ ।

श्रम मन्त्रालयले प्रत्येक आइतबार सञ्चालन गर्दै आएको श्रमिकसँग श्रम मन्त्री कार्यक्रम अन्तर्गत आज मन्त्री कुँवरले प्रत्यक्ष रूपमा ९ जना श्रमिकको समस्या र गुनासो सुन्दै सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

बिहान ११ बजेदेखि १२ बजेसम्म सञ्चालन हुने कार्यक्रममा श्रमिकहरूले फोन लगायतका माध्यममार्फत भिजिट भिसामा दुबई पुर्‍याएर अलपत्र पारेको, रोमानिया पठाउने भनेर म्यानपावरले ठगेको, साउदीमा म्यानपावरले भने जस्तो काम नपाए समस्यामा परेको, पैसा नदिएका कारण मलेसिया जान नपाएको जस्ता गुनासोहरू राखेका थिए ।

यी गुनासाहरू सुनेपछि मन्त्री कुँवरले श्रम मन्त्रालयले नै तत्काल समस्या समाधानका लागि पहल गर्ने बताउनु भएको छ । 

‘वैदेशिक रोजगारीमा पठाउने भन्दै जताततै ठगीमा परेको भन्ने गुनासा आउँछन् तर आवश्यक प्रमाण नहुँदा कारबाही गर्न भने समस्या भएको छ,’ मन्त्री कुँवरले भन्नुभयो ‘म तपाईँहरू सबैलाई म्यानपावर वा एजेण्ट कसैलाई पनि पैसा दिँदै हुनुहुन्छ भने वैदेशिक रोजगारीमा जानका लागि दिएको हो भन्ने प्रमाण राखेर मात्र पैसा दिनुहोस् ।’

पछिल्लो समय विभिन्न माध्यममार्फत ठगीमा परेको भन्ने गुनासो बढेको पनि श्रम मन्त्रालयले जनाएको छ । 

अहिलेसम्म मन्त्री कुँवरले तीन हप्तामा २९ जना श्रमिकको समस्या सुन्नुभएको छ । स्वदेश तथा विदेशमा रहेका श्रमिकहरूले आफ्नो समस्या र गुनासो श्रम मन्त्री कुँवरसँग प्रत्यक्ष रूपमा राखेका छन् । 

श्रम मन्त्रीलाई प्रत्यक्ष रूपमा गुनासो राख्ने श्रमिकको समस्यालाई तत्काल सम्बोधन गर्न मिल्ने भए तत्काल र अन्य निकायसँग समन्वय गरेर समाधान गर्न पर्ने भएमा वैदेशिक रोजगार बोर्ड र विभागसँग पनि समन्वय गरेर समाधान गरिरहेको मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

3 Comments

  • Suman Rai

    Sept. 12, 2022, 1:53 p.m.

    Mero name Suman Rai MA haal Saudi Arabia bata hami June 7 tarikh ma Saudi Arabia aayeko. Nepal ma ekdamei ramro company vaner manpower agency le office boy ma vaner pathayo tyo job navayer dishwasher ma lagayeko xa ra anya Kam xa salary Pani time ma dideina over time money ahile samma diyeko xaina dherei gaaro vakoxa farkinu paryo vaner Vanda farkinu dideina manpower agency le ulto dhamkyauxa jaha vayer complen gare Pani ma farkaudina vanxa ma sanga sampurna praman biwaran haru xa Tara Kaha ra kaslai vannu dherei samasya xa please help us 🙏🙏🙏😞😞😞 Mero nmbr:+966576518874

  •  0 Reply
  • नन्दलाल पाण्डे

    Sept. 11, 2022, 5:49 p.m.

    कसरी हो गुनासो टिपाउने जानकारी पाउन मेरो पनि गुनासो टिपाउन छ ।।।

  •  0 Reply
  • Dil Bahadur shrestha

    Sept. 11, 2022, 5:38 p.m.

    मेरो 1 लाख rupaiya khayara बसिराखेको छ Qatar pathauchhu vanera.k garni होला sir plz help me.nane subas sunar

  •  0 Reply

तपाईको प्रतिक्रिया