सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशबारे गुनासो र उजुरी आह्वान

 भदौ २९, २०७९ बुधबार ८:२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिबारे गुनासो र उजुरी आह्वान गरेको छ ।

न्यायपरिषद्ले यही भदौ २१ गते सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नीता गौतम दीक्षित, पाटन उच्च अदालतका न्यायाधीश विनोद शर्मा र वरिष्ठ अधिवक्ता डा. दिननाथ पराजुलीको नाम मनोनीत गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको थियो ।

समिति सदस्यबीच छलफल र बहसपछि समितिले सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । समितिले प्रस्तावित व्यक्तिका बारेमा आउँदो असोज ७ गतेभित्र गुनासो र उजुरी माग गरेको हो । सूचना दिनेले आफ्नो नाम/ठेगाना खुलाइ उजुरी गर्नुपर्ने र गोप्य राख्न चाहेमा गोप्य राखिने सूचनामा उल्लेख छ । 


  
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया