एमालेले समानुपातिकतर्फका उम्मेदवारकाे नामावली टुङ्गाे लगायाे

 असोज २, २०७९ आइतबार १९:०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा अन्तर्गत समानुपातिकतर्फका उम्मेदवार टुङ्गाे लगाएकाे छ । 

आइतवार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले दुवै चुनावकाे समानुपातिकतर्फका उम्मेदवारको नामावली टुङ्गो लगाएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले संवैधानिक प्रावधानअनुसार सबै क्लस्टर समेटेर प्रतिनिधि सभाका लागि एक सय १० जना र प्रदेश सभाका लागि दुई सय २० जनाकाे नाम तय गरिएकाे बताउनुभयाे । 

याे नामावली भाेलि साेमवार निर्वाचन आयाेगमा बुझाउने विभाग प्रमुख गुरुङले जानकारी दिनुभयाे । याे सूचीमा केही तलमाथि हुन सक्ने उहाँकाे भनाइ छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया