पीएम कप महिला क्रिकेट : 'सुपर–फाेर' मा आर्मीले सुदूरपश्चिमला...
माघ १०, २०८१ बिहिबार
काठमाण्डौ – बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस रूपन्देही जिल्ला अदालतमा आज शुरू भएको छ । लामिछानेका तर्फबाट बहस गर्न काठमाण्डौबाट गएकासहित १२ जनाभन्दा बढी कानून व्यवसायीले वकालतनामा पेश गरेका छन् ।
त्यसैगरी पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गर्नुहुनेछ । थुनछेक बहस सकिएपछि अदालतले लामिछानेलाई साधारण तारेख वा धरौटीमा छाड्ने कि पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश दिनेछ । बयानका लागि अस्ति मङ्गलवार भैरहवा पुगेका लामिछाने हिजो कार्यालय खुल्नेबित्तिकै अदालतमा उपस्थित भएका थिए ।
लामिछानेको रूपन्देही जिल्ला अदालतमा हिजै बयान सकिएको थियो । बयान सकिएसँगै आज पुनः उपस्थित गराउने शर्तमा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई पत्नी निकिता पौडेल र उनका कानून व्यवसायीको जिम्मा लगाउने आदेश गरेको थियो ।
लामिछानेसहित २२ जनाविरुद्ध सुप्रिम सहकारीको रकम ठगी र सङ्गठित अपराधको कसूरमा जिल्ला सरकारी वकिलको कार्यालयले गएको आइतवार मुद्दा दायर गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।