चितवनमा जापनिज इन्सेफ्लाइटिसका बिरामी बढ्न थाले, थप एक जनाको ज्यान गयो

 असोज ३, २०७९ सोमबार १३:२६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चितवनमा जापनिज इन्सेफ्लाइटिसका बिरामी बढ्न थालेका छन् । अहिलेसम्म सङ्क्रमण पुष्टि भएका १० जनामध्ये दुई जनाको ज्यान गएको छ ।

पछिल्लो पटक ज्यान गुमाउनेमा भरतपुर महानगरपालिका–२२ की ५२ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

स्वास्थ्य कार्यालय प्रमुख दुर्गादत्त चापागाईँका अनुसार योसँगै चितवनमा जापनिज इन्सेफ्लाइटिसका कारण दुई जनाले ज्यान गुमाएका छन् । यसअघि माडी नगरपालिका–१ चैनपुरकी ६० वर्षीया वृद्धाको ज्यान गएको थियो । विश्व स्वास्थ्य सङ्गठनले एउटा जापनिज इन्सेफ्लाइटिसको बिरामी देखिँदै गर्दा तीन सय बिरामी लुकेको अवस्थामा हुन सक्ने जनाएको छ ।

सुँगुर प्रजाति र हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेमा याे रोग सर्ने गर्छ । जापनिज इन्सेफ्लाइटिस मानिसबाट मानिसमा भने सर्दैन । यो रोग लागेका बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, कहिलेकाहीँ बेहोस हुने जस्ता लक्षण देखिन्छ ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया