पश्चिम क्षेत्रमा मौसम बदली : केही ठाउँमा हल्का वर्षा र उच्च क्षेत्रमा हिमपातको सम्भावना

 माघ १०, २०८१ बिहीबार ७:४६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आज मौसम आंशिक बदली भएको छ । पश्चिमी न्यूनचापीय प्रणाली थप सक्रिय हुँदा आज बिहानैदेखि ती क्षेत्रमा मौसम बदली भएको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिम क्षेत्रमा कतै–कतै हल्का वर्षा र उच्च क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ । दिउँसो कर्णाली, सुदूरपश्चिम, गण्डकी, लुम्बिनीका केही ठाउँमा  छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिनुभयो ।

मौसम बदली भएकाले आज धेरैजसो ठाउँमा तापक्रम घट्न सक्ने अनुमान छ । आज तराईका धेरै ठाउँमा हुस्सु लागेको छ । काठमाण्डौसहित अरु बाँकी ठाउँमा आजको मौसम सफा रहेको महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया