राष्ट्रपतिकाे कदमकाे समर्थन र विराेधमा छुट्टाछुट्टै प्रदर्शन

 असोज ५, २०७९ बुधबार १६:३२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुभएको विषयमा उहाँकाे समर्थन र विराेधमा छुट्टाछुट्टै प्रदर्शन भएकाे छ ।  

आज बुधवार नेकपा एमालेको भातृ सङ्गठनले राष्ट्रपतिकाे कदमकाे पक्षमा र नेकपा माओवादी केन्द्रको भातृ सङ्गठनले विपक्षमा काठमाण्डाैमा प्रदर्शन गरेका छन् । विधेयक प्रमाणीकरण नगरेकोमा खुसी व्यक्त गर्दै एमाले भातृ सङ्गठन युवा सङ्घले राष्ट्रपतिको तस्बिर छातीमा टाँसेर खुसीयाली मनाएका छन् । तर माओवादीको भातृ सङ्गठन अखिल क्रान्तिकारीले संसद्ले पारित गरेको नागरिकतासम्बन्धी विधेयक पारित नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई गैरसंवैधानिक भन्दै प्रदर्शन गरेको छ । 

संसद्ले दोस्रो पटक जस्ताको तस्तै पारित गरेर पठाएकाे राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएकाे हाे । राष्ट्रपतिले १५ दिनभित्रमा विधेयक पारित गर्नुपर्ने व्यवस्था गरेको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया