सामाजिक सेवाको माध्यमबाट नै समाजमा रुपान्तरण सम्भव छः प्रधानमन्त्री देउवा

 असोज ६, २०७९ बिहीबार ११:१९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने बताउनुभएको छ ।

समाज कल्याण परिषद्ले ४३औँ सामाजिक सेवा दिवसको अवसरमा काठमाण्डौमा गरेको कार्यक्रममा उहाँले नेपाल जस्तो विकासोन्मुख देशमा सामाजिक सेवाको माध्यमबाट नै ठूलो रुपान्तरण ल्याउन सकिने बताउनुभएको हो ।

सेवाको माध्यमबाट समाजमा पछि परेका समुदायलाई विकासको मूल प्रवाहमा ल्याउने तथा उनीहरुको सामाजिक, आर्थिक सशक्तिकरणमा महत्त्वपूर्ण योगदान गर्न सकिने उहाँको भनाइ छ । उहाँले गैर–सरकारी सङ्घसंस्थालाई उत्तरदायी, पारदर्शी र परिणाममुखी बनाउँदै राष्ट्रिय आवश्यकता र प्राथमिकताका क्षेत्रमा संलग्न गराउने गरी देशको नीति तथा कार्यक्रमहरु तर्जुमा गर्न आवश्यक रहेको बताउनु भयो ।

२०३४ साल असोज ६ गते समाज कल्याण परिषद्को स्थापना भएको दिनको अवसरमा सामाजिक सेवा दिवस मनाइन्छ । सेवा नै धर्म हो, मन वचन र कर्मले सेवा गरौँ भन्ने उद्देश्यले यो परिषद्को स्थापना भएको थियो।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया