खोटाङको हलेसी तुवाचुङमा उद्यम गर्न चाहनेले विना ब्याज ऋण पाउने
माघ १०, २०८१ बिहिबार
धादिङ – धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ मा आज बिहीवार बसको ठक्करबाट स्कुले विद्यार्थीको ज्यान गएपछि गजुरी बजार तनावग्रस्त बनेको छ । काठमाण्डाैबाट गोरखाका लागि छुटेको ग १ ख ४५६५ नम्बरको बसको ठक्करबाट स्थानीय ६ वर्षीय विजय परियारको ज्यान गएपछि स्थानीयवासीले गाडी ठप्प पारेर प्रदर्शन गर्दा गजुरी बजार तनावग्रस्त बनेको हो ।
गजुरीकै आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत परियारलाई विद्यालय जाने क्रममा बसले ठक्कर दिएको हो । घटनापछि स्थानीयवासीले ठक्कर दिने बसमा आगजनी गरेका छन् । उनीहरूले सडक बन्द गरेर नाराबाजी गरिरहेका जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राकेश सिंहले जानकारी दिनुभयो ।
अहिले पृथ्वी राजमार्ग हुँदै गुड्ने गाडी गजुरी आसपासमै रोकिएका छन् । सडक खुलाउन स्थानीयवासी र पीडितका आफन्तसँग छलफल भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा थप भिड बढ्न नदिन प्रहरीले काठमाण्डाैतर्फको गल्छी बजार र मुग्लिनतर्फको बेनीघाट क्षेत्रमा गाडी रोकको छ । अहिले सयौँ गाडी जाममा परेका छन् । एम्बुलेन्सलाई भने प्रहरीले 'स्कर्टिङ' गरेर पास गराइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।