रवि लामिछाने हिरासतमा सुतिरहेको ‘भाइरल’ तस्वीरबारे प्रहरीले...
पुस ४, २०८१ बिहिबार
धादिङ – धादिङको गजुरी बजारमा बसको ठक्करबाट स्कुले विद्यार्थीको ज्यान गएपछि बन्द भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । आफन्त र स्थानीयवासीकाे सहमतिमा ज्यान गुमाएका विद्यार्थीको शव उठाएपछि गाडी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनएको छ ।
आज बिहीवार काठमाण्डाैबाट गोरखाका लागि छुटेको ग १ ख ४५६५ नम्बरको बसको ठक्करबाट स्थानीय ६ वर्षका बालक विजय परियारको ज्यान गएपछि स्थानीयवासीले सडक बन्द गरेर प्रर्दशन गरेका थिए । उनीहरूले ठक्कर दिने बसमा पनि आगजनी गरेका थिए ।
सहमति भएसँगै अहिले रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् । गाडी चल्न थाले पनि जाम भने अझै कम हुन सकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।