आज अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवस मनाइँदै

 असोज ७, २०७९ शुक्रबार १०:२४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

‘साङ्केतिक भाषाले हामीलाई एकताबद्ध गर्छ’ भन्ने नाराकासाथ दिवस नेपालसहित विश्वका दुई सयभन्दा धेरै देशमा मनाउन लागिएको हो। यसवर्ष धरहरामा निलो बत्ती बालेर बहिरा समुदायको पहिचान, समानता, विकास तथा मान्यताको सन्देश प्रवाह गर्दै दिवस मनाउन लागेको राष्ट्रिय बहिरा महासङ्घ नेपालले जनाएको छ।

संयुक्त राष्ट्र सङ्घको सन् २०१७ डिसेम्बरको २१औँ महासभाले बहिरा नागरिकहरूको सञ्चारको माध्यम साङ्केतिक भाषाको अधिकारलाई पहिचान गरी हरेक वर्षको सेप्टेम्बर महिनाको २३ तारिखलाई अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवसका रूपमा विश्वभर मनाउने प्रस्ताव पारित गरेको थियो।

विश्वभरि ७ करोड २ लाखभन्दा धेरै मानिस सुस्त श्रवणशक्ति भएका छन् । यिनीमध्ये ८० प्रतिशतभन्दा धेरै मानिसहरू विकासोन्मुख देशमा बस्छन् । नेपालमा बहिरा विद्यालयको स्थापना २०२३ सालमा भए पनि नेपाली साङ्केतिक भाषाको प्राविधिक अभियान भने २०४५ सालदेखि सुरु भएको हो।  

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया