सरकारसँगको १० बुँदे सहमतिपछि डा.केसीको अनशन तोडियो

 असोज ८, २०७९ शनिबार २०:४२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सरकारसँगको १० बुँदे सहमतिपछि डाक्टर गोविन्द केसीले अनशन तोड्नुभएको छ । 

विभिन्न मागसहित अनशनमा बसेका डा. केसीसँग सरकारको वार्ता टोलीका सदस्यहरूले आज बेलुका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर सहमतिपत्रमा हस्ताक्षर गरेपछि उहाँले अनशन तोड्नुभएको डा. केसीका सहयोगी तथा वार्ता टोलीका सदस्य प्रितम सुवेदीले जानकारी दिनुभयो  । 

केसीले बिरामी अमनलाल चौधरीको हातबाट जुस पिएर अनशन तोड्नुभएको हो । पछिल्लो पटक कैलालीबाट अनशन सुरु गरेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँलाई असोज ५ गते थप उपचारका लागि काठमाण्डौ ल्याइएको थियो । 

केसीका माग सम्बोधन गर्न सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । 

देशभरका सरकारी अस्पतालमा बेडअनुसार दरबन्दी व्यवस्था गर्नुपर्ने, जनसङ्ख्या वृद्धिअनुसार अस्पताल/स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्नुपर्ने, सरकारी अस्पतालमा टिकट, ल्याब, एक्स–रेलगायत आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने, लगायतका मागसहित उहाँ २०औँ अनशनमा हुनुहुन्थ्यो । 
 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया