वसुन्धारामा स्कुटर र ट्याक्सी ठोक्किँदा एक जनाको ज्यान गयो

 असोज ९, २०७९ आइतबार ८:७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको वसुन्धारामा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

राति पौने २ बजे बा २ ज ११९२ नम्बरको ट्याक्सी र बा ९१ प ५४०३ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक गोरखा घर भएका ३१  वर्षका राजु गरुङको ज्यान गएको हो ।

उहाँ अहिले महाराजगञ्ज वृत्तमा दरबन्दी भइ प्रहरी प्रभाग तिलिङ्गेटारमा प्रहरी कार्यालय सहयोगीको रुपमा कार्यरत हुनुहुन्थ्यो । दुर्घटनामा गम्भीर घाइते भएका उहाँको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा ज्यान गएको हो ।

ट्याक्सी चालकलाई प्रहरीले पक्राउ गरेको छ । 
 

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया