काठमाण्डौका लागि दार्चुलाबाट च्याङ्ग्रा ल्याइँदै

 असोज ९, २०७९ आइतबार ८:१५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ  - काठमाण्डौ उपत्यकामा हुने खसीबोकाको बिक्रीवितरणमा मूल्य सन्तुलन गर्न  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न क्षेत्रबाट खरिद गरी बिक्रीवितरण गर्ने भएको छ ।

काठमाण्डौका लागि दार्चुलाबाट केही सङ्ख्यामा च्याङ्ग्रा पनि ल्याइँदैछ । कम्पनीले मुस्ताङ क्षेत्रबाट च्याङ्ग्रा ल्याउन अनुकूल नभएपछि दार्चुलाबाट झण्डै पाँच सयको सङ्ख्यामा च्याङ्ग्रा ल्याउन लागेको हो ।

कम्पनीका कार्यकारी निर्देशक मोहनप्रकाश चन्दले विगतमा मनाङ र मुस्ताङबाट ल्याइने गरेकामा कोरोना सङ्क्रमण तथा मूल्यलगायत कारण समस्या भएपछि पहिलो पटक दार्चुलाबाट च्याङ्ग्रा ल्याउन प्रयास गरिएको जानकारी दिनुभयो ।

कम्पनीले ती च्याङ्ग्रा जिउँदो प्रतिकिलो एक हजार एक सय ५० रुपैयाँमा खरिद गर्न लागेको जानकारी दिएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया