आज राति केही नदी तथा खाेलामा बाढी आउने सम्भावना, ‘राति १२ बजेसम्म नै सतर्कता अपनाऔँ’

 असोज ९, २०७९ आइतबार १९:५२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – आज आइतवार राति देशका केही नदी तथा खोलामा बाढी आउने सम्भावना भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

पछिल्लो तीन घण्टायता राप्ती नदीको सहायक नदी झिम्रुक र माडी नदी जलाधारको केही ठाउँमा ठूलो पानी परेको छ । ठूलो पानी परेको  झिम्रुक र माडी नदीमा पानीको सतह आकस्मिकरूपमा बढ्न सक्ने सम्भावना भएकाले नदी तटीय क्षेत्रका नागरिकलाई राति १२ बजेसम्म नै आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै डडेल्धुराको महाकाली नदी पारीगाउँ जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले डडेल्धुरा र कञ्चनपुरको तल्लो तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँका नागरिकलाई पनि राति १२ बजेसम्म नै उच्च सतर्कता अपनाउन महाशाखाले सूचनामार्फत आग्रह गरेको छ ।

पछिल्लो एक घण्टामा चितवनको माडी क्षेत्रको गोविन्द बस्ती र आसपास पनि धेरै ठूलो पानी परेको छ । चितवन भएर बग्ने रिउखोला र अन्य साना खहरे खोलामा आकस्मिक बाढीको सम्भावना भएकाले अहिले राति ९ बजेसम्म नै उच्च सावधानी अपनाउन महाशाखाले भनेको छ ।  

आज दिउँसो खोटाङ, सिन्धुली, काठमाण्डौ, चितवन, पाल्पा, प्युठान, अर्घाखाँची, रुकुम पश्चिम, सल्यान, बाँके, बर्दिया र  डडेल्धुरा आसपासको क्षेत्रमा ठूलो पानी परेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । राति प्रदेश १ र सुदूरपश्चिममा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले भनेकाे छ । 

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया