एकै दिन १ हजार ५१ जनामा डेङ्गी संक्रमण पुष्टि, ज्यान गुमाउनेको संख्या ३२ पुग्यो

 असोज १०, २०७९ सोमबार १५:३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – नेपालमा हिजो आइतवार एकै दिन एक हजार ५१ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ । अस्ति शनिवार बेलुकीसम्म २४ हजार चार सय ९२ जना डेङ्गीका बिरामी भेटिएकामा हिजो बेलुकीसम्मको तथ्यांकअनुसार २५ हजार पाँच सय ४३ जनामा डेङ्गी संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यस्तै पछिल्लो एकै दिन डेङ्गी संक्रमणका कारण तीन जनाको ज्यान गएको छ । याेसहित नेपालमा डेङ्गी संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । यो विवरण गएको साउन महिनापछिको हो । 

देशका ७६ जिल्लामा डेङ्गी पुष्टि भएकोमा सबैभन्दा धेरै काठमाण्डाैमा आठ हजार आठ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुरमा ६ हजार दुई सय १८ र भक्तपुरमा आठ सय ८१ गरी काठमाण्डौ उपत्यकामा डेङ्गी संक्रमितको संख्या १२ हजार ३५ जना पुगेको छ ।

उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै दुई हजार दुई सय ७५ जनामा संक्रमण देखिएको छ । धादिङ, चितवन, दाङ, रुपन्देही, गुल्मी, कैलाली र दार्चुलामा दुई सय जनाभन्दा बढीमा डेङ्गी पुष्टि भएको छ । डेङ्गीबाट बच्ने उपाय लामखुट्टेको टोकाइबाट बच्नु रहेको डाक्टरहरूले बताएका छन् । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया