मनास्लुमा ज्यान गुमाएकी स्की पर्वतारोही हिलारीको शव काठमाण्डौ ल्याइयो

 असोज १२, २०७९ बुधबार १३:५७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सोमवार मनास्लु हिमालमा हराएकी विश्वविख्यात स्की पर्वतारोही हिलारी नेल्सनको शव भेटिएको छ ।

मनास्लुमा स्की गर्ने क्रममा हराएकी ४९ वर्षकी अमेरिकी आरोही हिलारीको शव आज भेटिएको पर्यटन विभागका निर्देशक युवराज खतिवडाले जानकारी दिनुभयो । उहाँको शव काठमाण्डौ ल्याइएको छ । हिलारी मनाङतर्फ पर्ने भीमथाङमा हराउनुभएको थियो ।

हिउँले ढाकेको अवस्थामा भेटिएको हिलारीको शव आरोहणका लागि पुगेका गाइडहरूले उद्धार गरेका हुन् । सन् २००५ मा चोयु हिमालको चुचुरोबाट स्की गरेकी हिलारीको नाममा ल्होत्सेसहित आठ हजार मिटरभन्दा अग्ला दुईवटा हिमालबाट स्की गर्दै तल झरेर कीर्तिमानी रहेको छ । हिलारीलाई सन् २०१८ मा नेसनल जोग्रोफिकले साहसी खेलाडीको सूचीमा राखेको थियो ।

तस्बिर : हिलारीकाे फेसबुकबाट

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया