थप ३८ जनामा काेराेना संक्रमण

 असोज १२, २०७९ बुधबार १९:७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी दुई हजार आठ सय १८ जनाको नमुना परीक्षण गर्दा ३८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यही अवधिमा थप ५२ जना काेराेना संक्रमित निकाे भएका छन् । याेसँगै सक्रिय संक्रमितको संख्या ११ सय २२ जनामा झरेको छ । 

२४ घण्टामा काेराेना संक्रमणका कारण एक जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया