अमेरिकाको लस एन्जलस जङ्गलमा फेरि आगो फैलियो : १९ हजार मानिस...
माघ १०, २०८१ बिहिबार
गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकाले किसानलाई दुःख दिने वन्यजन्तुलाई घरमै पाल्ने र सिकार गर्ने कानुन बनाउने तयारी गरेको छ । कानुन निर्माणमा सहजीकरण गरिदिनका लागि गाउँपालिकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेको छ । वन्यजन्तु नियन्त्रणको अधिकार सङ्घीय सरकारसँग भएकाले कानुन निर्माणमा सहजीकरण गरिदिन पत्र लेखेको गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले जानकारी दिनुभयो ।
धुर्कोट गाउँपालिकाभित्रका वडाहरूमा बाँदर, बँदेल, दुम्सी, खरायो, चौहाडा, मृग र रातेजस्ता वन्यजन्तुको आतङ्कले गाउँमा बाली नष्ट गरेकोले स्थानीयवासीकाे तर्फबाट नियन्त्रणका लागि पटक–पटक गुनासो आएको, खेतीयोग्य जमिन बाझिँदै गएको र स्थानीयस्तरबाट मानिसहरू बसाइँ सरेर गएको गाउँपालिकाले जनाएको छ ।
किसानलाई दुःख दिने वन्यजन्तु नियन्त्रणका लागि बाँदरलाई समाएर घरमा पाल्ने तथा बँदेल, दुम्सी, खरायो र मृगहरूको सङ्ख्या वृद्धि भएकोले नियन्त्रण गर्न वार्षिकरूपमा निश्चित समय तोकी घरेलु हतियार प्रयोग गरी सिकार खेल्न पाउने गरी आवश्यक कानुन निर्माण गर्न मन्त्रालयबाट सहयोग गरिदिन गाउँपालिकाको निर्णयसहित सिफारिस गरिएको पोख्रेलले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।