बिहानभर रोकिएको काठमाण्डौ–धादिङ चल्ने बस सञ्चालनमा

 असोज १३, २०७९ बिहिबार ९:२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - चाडपर्वको मौकामा यात्रुसँग बाढी भाडा लिनेलाई प्रहरीले धमाधम कारबाही गर्न थालेको छ । प्रहरीले अभियान नै चलाएर कारबाहीलाई तीव्र पारिरहेको छ । बढी भाडा असुलेको भन्दै प्रहरीले कारबाही गरेपछि केही यातायात व्यवसायीले भने विरोध गरेका छन् ।

प्रहरीले बढी भाडा असुल्नेलाई कारबाही गरेको विरोधमा व्यवसायीले बिहान काठमाण्डौ–धादिङ चल्ने बस चलाएनन् । काठमाण्डौबाट धादिङ चल्ने बस बिहान झण्डै तीन घण्टा नचल्दा यात्रुले सास्ती भोगेका छन् । अहिले भने गाडी चल्न थालेको छ ।

प्रहरीले यात्रुमाथि ठगी गर्ने जोसुकैलाई पनि कारबाही हुने जनाएको छ । नेपाल प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले ऐन नियम मान्दिनँ भन्नेलाई पनि कारबाही हुने बताउनुभयो । चाडपर्वको मौका पारेर तोकिएको भन्दा बढी भाडा लिनेलाई कारबाही भएको भन्दै सार्वजनिक गाडीमा अवरोध गर्न नपाइने उहाँको भनाइ छ ।

यदि कसैले त्यस्तो अराजक अवस्थाको सिर्जना गरे उनीहरुलाई पनि कारबाही हुने उहाँले बताउनुभयो।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया