जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे

 असोज १३, २०७९ बिहिबार १४:३२:७ | नेत्र शाही
unn.prixa.net

जुम्ला - जुम्लामा स्याउ बाेकेकाे ट्रक गएराति दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् । 

जुम्लाकाे कनकासुन्दरी गाउँपालिका गुठीज्युलाबाट स्याउ लिएर सुर्खेतका लागि छुटेकाे बाग्मती प्रदेश-०३-००१ ख २१६४ नम्बरको ट्रक हिमा गाउँपालिका-१ आचार्य लिहीकाे बझाङे खोलामा दुर्घटनामा परेकाे हाे । 

दुर्घटनामा ट्रकका चालक मकवानपुरका अविनाश लामाकाे ज्यान गएकाे छ ।

यस्तै सहचालक मकवानपुरकै हरि न्याैपाने घाइते हुनुभएकाे प्रहरीले जनाएकाे छ । उहाँकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया