लाल मोहम्मद हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

 असोज १४, २०७९ शुक्रबार ११:१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - व्यवसायी लाल मोहम्मद अन्सारीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विभिन्न ठाउँबाट ३ जनालाई पक्राउ गरेको छ ।

घटनामा संलग्न रहेको आशङ्कामा दुई जना पुरुष र एक महिला पक्राउ परेका र उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने प्रहरीले जनाएको छ । गएको असोज ३ गते काठमाण्डौको गोठाटार जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या भएको थियो ।

मोटरसाइकलमा आएका २ जनाले गोली हानेर भागेका थिए । हत्या गरिएका सर्लाहीको हरिवन नगरपालिका–२ का लाल मोहम्मद विगतमा जाली नोट कारोबार र व्यक्ति हत्या अभियोगमा कैद सजाय भोगेका व्यक्ति थिए ।

घटनाकाे अनुसन्धानका लागि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईको नेतृत्वमा अनुसन्धान टोली गठन गरिएको थियो । 
 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया