ललितपुर महानगरपालिकाले १०६ औँ स्थापना दिवस मनाउँदै
पुस २, २०८१ मंगलबार
काठमाण्डाै – निर्वाचन आयोगले निर्माण गरेको 'प्रेस अफिस' प्रति नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ । आउँदो प्रदेश सभा र प्रतिनिधि सभाको चुनावलाई लक्षित गर्दै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सम्प्रेषण भएका सामाग्रीको अनुगमन गर्न आयोगले निर्माण गरेको 'प्रेस अफिस' प्रति महासङ्घले आज शुक्रवार विज्ञप्ति निकालेर आपत्ति जनाएको हो ।
आयोगले चुनावलाई लक्षित गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषण भएका सामग्री अनुगमन गर्न नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्युरोसमेत रहने गरी संयन्त्र निर्माण गरेको छ । यस प्रकारको संयन्त्र निर्माण गरेर आयोगले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेसको संवैधानिक स्वतन्त्रतामाथि नियन्त्रण गर्ने खोजेको महासङ्घले ठहर गरेको विज्ञप्तिमा भनिएको छ । सञ्चारमाध्यमा सम्प्रेषण भएका सामग्रीको अनुगमन र नियमन गर्ने काम प्रेस काउन्सिल नेपालको भएको र आयोग आफैँले क्षेत्राधिकारभन्दा बाहिर गएर सेना र प्रहरी सम्मिलित संयन्त्र निर्माण गर्ने काम निरकुङ्शतन्त्रमा मात्र हुने पनि विज्ञप्तिमा उल्लेख छ ।
लोकतान्त्रिक व्यवस्थामा यो सुहाउँदाे हुन नसक्ने बताउँदै आयोगले आफ्नो निर्णय तत्काल सच्याउनुपर्ने माग पनि महासङ्घको छ । साथै निर्वाचन आचारसंहिताअन्तर्गत प्रेससँग सम्बन्धित विषय महासङ्घलगायत प्रेससँग सम्बन्धित सरोकारवालासँग छलफल गरेर निर्माण गर्न महासङ्घले गरेको आग्रहलाई समेत आयोगले बेवास्ता गरिएकाे विज्ञप्तिमा उल्लेख गरिएको छ । चुनावको सबै प्रक्रियाका विषयमा सञ्चारमाध्यमको परिचयपत्र वा पत्रकार महासङ्घको परिचयपत्र वा सरकारी निकायबाट जारी पत्रकार परिचयपत्रका आधारमा निर्बाध समाचार सङ्कलन, प्रकाशन तथा प्रसारणको वातावरण बनाउन पनि महासङ्घकाे आग्रह छ ।
आयोगले आफ्नो निर्णय नसच्याए नेपाली सञ्चार क्षेत्रले यसको प्रतिवाद र अवज्ञा गर्नेसमेत महासङ्घले चेतावनी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।