सफा र स्वस्थ खाद्य वस्तु मात्र बेच्न ललितपुर महानगरको आग्रह : अटेर गर्नेलाई कारबाही गर्ने

 असोज १६, २०७९ आइतबार ८:१२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

ललितपुर – ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योग, व्यवसाय तथा व्यवसायीलाई उपभोक्ताको स्वास्थ्यप्रति सचेत हुन अनुरोध गरेको छ ।

महानगरले सूचना निकालेर सफा, स्वस्थ र गुणस्तरीय खाद्यान्न, औषधिजन्य वस्तु, माछामासु र मासुजन्य पदार्थलगायत अन्य दैनिक उपभोग्य सामग्री उत्पादन तथा बिक्री गर्दा गुणस्तर र स्वच्छतामा ध्यान दिन आग्रह गरेको हो ।

यी सामग्रीको कृत्रिम अभाव सिर्जना गरिएको र गुणस्तरहीन सामग्री बिक्री गरिएको पाइएमा कानुन अनुसार कारबाही हुने पनि महानगरले चेतावनी दिएको छ ।

साथै आफूले खरिद गर्ने सामग्रीको म्याद भए/नभएको, सफा र गुणस्तरयुक्त रहे÷नरहेको समेत ख्याल गर्न पनि महानगरबासी उपभोक्तालाई आग्रह गरेको छ ।

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया