पोखरामा आजदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला एवम् आईटी महोत्सव
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै – काठमाण्डौबाट बाहिरिने गाडीको सङ्ख्या धेरै हुँदा कलङ्कीबाट धादिङको नौबिसेसम्म नै गाडीको जाम रहेको छ । कलङ्कीबाट नौबिसेसम्मको झन्डै ३० किलोमिटर सडक पार गर्न ६ घण्टासम्म लागेको यात्रुले गुनासो गरेका छन् ।
आज आइतवारको निकै ठूलो जाम भोगेका यात्रु बोमलाल गिरीले कलङ्कीबाट नागढुङ्गा पुग्न तीन घण्टा र नागढुङ्गाबाट नौबिसे पुग्न तीन घण्टा लागेको बताउनुभयो । अहिले पनि कलङ्की, थानकोट, नागढुङ्गा हुँदै नौबिसेसम्म नै गाडी रोकिँदै चल्दै गरेको ट्राफिक प्रहरी नागढुङ्गाका प्रमुख एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) टपेन्द्रबहादुर खत्रीले उज्यालोलाई जानकारी दिनुभयो । जाम हुनुको खास कारण नभएको भन्दै उहाँले बाटो साँघुरो र खराब रहेको, त्यसैमाथि हजारौँ गाडी एकै पटक बाहिरिँदा जाम बढेको बताउनुभयो । ट्राफिक प्रहरी रात–दिन नभनि सडकमा खटिँदासमेत सजिलै गाडी पार गराउन नसकेको उहाँले बताउनुभयो ।
भोलि साेमवारसम्म नै कलङ्कीदेखि नौबिसेसम्मको सडकमा गाडीको निकै चाप हुने ट्राफिक प्रहरीले जनाएको छ । दशैँका लागि गाउँघर जानेको चाप बढेसँगै केही दिनयता यो सडक खण्डमा दिनहुँ लामो जाम हुने गरेको छ । सडकको अवस्था, गाडीको चाप र गाडी बिग्रने समस्यासँगै मोटरसाइकल, स्कुटर जस्ता साना गाडीले जथाभाबी 'ओभरटेक' गर्दासमेत जाम बढ्ने गरेको इन्स्पेक्टर खत्रीले बताउनुभयो । गाडीको चाप भएका बेला जथाभाबी ओभरटेक नगर्न पनि उहाँको आग्रह छ ।
यस्तै कतिपय अवस्थामा तेल सकिएर पनि गाडी रोकिँदा जाम हुने गरेकाले यात्रामा निस्कनुअघि गाडीमा पर्याप्त मात्रामा तेल हाल्न पनि प्रहरीको अनुरोध छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।