लमजुङका उज्यालो सहकर्मी श्यामशितल परियार सम्मानित

 असोज १६, २०७९ आइतबार १८:१४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

लमजुङ – लमजुङका उज्यालो सहकर्मी श्यामशितल परियार सम्मानित हुनुभएको छ । लमजुङको सुन्दरबजार नगरपालिका–१० धुसेनीमा रहेको शौभाग्य सदन माविले विजयादशमी तथा शुभ दिपावली २०७९ को अवसरमा आज आइतवार आयोजित शुभकामना आदानप्रदान एवम् भूपू विद्यार्थी सम्मान कार्यक्रमको अवसरमा उज्यालो सहकर्मी परियारलाई सम्मानित गरिएको हो ।

निरन्तर क्रियाशील रही सञ्चार क्षेत्रमा पुर्‍याएकाे योगदानको कदर गर्दै पत्रकार परियारलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक तीर्थराज ढकालले जानकारी दिनुभयो । पत्रकार परियारलाई सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइराला, राष्ट्रिय भूमि आयोग लमजुङका अध्यक्ष दामोदर अधिकारी, विद्यालयका अध्यक्ष एवम् सुन्दरबजार १० का वडाध्यक्ष दीपकराज ढकालले फूल, अबिर र खादाले सम्मान गर्नुभएको हो ।

आउँदाे दिनमा पनि सञ्चार क्षेत्रमा अग्रसर भइरहन सम्मानित परियारलाई विद्यालय परिवारले शुभेच्छा प्रकट गरेको छ । पत्रकार परियार २०६८ सालदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ । उहाँ नेपाल पत्रकार महासङ्घ लमजुङ शाखाको सह–सचिवसमेत हुनुहुन्छ । उहाँ उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन, न्यूज २४ टेलिभिजनका साथै स्थानीय रेडियो भोटेओडार ९०.८ मेगाहर्जमा पनि आबद्ध हुनुहुन्छ ।

यसैबीच कार्यक्रममा शौभाग्य सदन माविका पूर्वविद्यार्थीलाई पनि सम्मान गरिएको छ । विद्यालयको समग्र पक्षको विकासमा विद्यालयसँग जोडिएर हातेमालो गर्न विद्यालयले पूर्वविद्यार्थीलाई आग्रह गरेको छ ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया