काठमाण्डौका सडकमा गाडीको चाप घट्यो

 असोज १७, २०७९ सोमबार ६:३७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - दशैँका लागि गाउँघर जानेको सङ्ख्या बढेसँगै काठमाण्डौ उपत्यकाका सडकमा गाडीको सङ्ख्या कम भएको छ । उपत्यकामा हिजोदेखि नै गाडीको चाप कम छ ।

हिजोको भन्दा आज र भोलि झन् गाडी कम चल्नेछन् । यसले गर्दा सडक खालीखाली जस्तै हुन थालेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक खाली हुँदा धेरैले तीव्र गतिमा गाडी चलाउने गरेकाे भन्दै त्यसो नगर्न आग्रह गरेको छ । तीव्र गतिमा गाडी कुदाउँदा दुर्घटनाको जोखिम धेरै हुन्छ ।

दुर्घटना रोकथामका लागि भन्दै प्रहरीले काठमाण्डौ उपत्यकाका ठाउँठाउँमा राडार गनसहित सुरक्षा जाँचलाई बढाएको छ । हिजो एकैदिन तीव्र गतिमा गाडी चलाउने १ सय ४५ जनालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । कारबाहीमा परेकाले ५ सय रुपैयाँदेखि एक हजार ५ सय रुपैयाँसम्म जरिबाना तिर्नुपर्नेछ । तीव्र गतिमा गाडी चलाउने विरुद्ध अहिले कारबाही अभियान भइरहेको छ ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया