ताप्लेजुङमा आईएमई मनिट्रान्सफर लुटपाट गरेको आरोपमा एक जना पक्राउ

 असोज १७, २०७९ सोमबार १७:४१:५९ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङमा आईएमई मनिट्रान्सफर लुटपाट गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

सदरमुकाको वीरेन्द्रचोकमा रहेको आईएमईबाट बिहान साढे नै बजेतिर लुटपाट भएको थियो । घटनामा संलग्न भएको आरोपमा फुङलिङ नगरपालिका २ घर भएका एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुका प्रहरी नायव उपरिक्षक कैलास राईले जानकारी दिनुभयो ।

पक्राउ परेका व्यक्तिसँग ६ लाख नगद र केही गहना भेटिएको पनि उहाँले बताउनुभयो । अम्बर श्रेष्ठको आईएमईबाट ११ लाख ५५ हजार नगद र सुनसहित झण्डै नौ करोड रुपैयाँ बराबरको सम्पती लुटपाट भएको व्यवसायीको दाबी छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सहितको टोलीले लुटेराहरुको खोजी गरिरहेका प्रहरीले जनाएको छ ।        

अन्तिम अपडेट: चैत १४, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया