ताप्लेजुङका दुई वटा पालिकामा अझै केन्द्रीय प्रसारण लाइन जोडिएन

 असोज १८, २०७९ मंगलबार ७:४७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङका नौ पालिकामध्ये ७ वटा गाउँपालिका केन्द्रमा विद्युतको राष्ट्रिय प्रसारण लाइन जडान भएको छ ।

दुई वटा गाउँपालिका केन्द्रमा भने राष्ट्रिय प्रसारण लाइन पुग्न बाँकी रहेको छ । सदरमुकाम फुङ्लिङमा पहिलो पटक २०७३ साल कार्तिक १३ गते राष्ट्रिय प्रसारण जोडिएको थियो ।

राष्ट्रिय प्रसारण लाइन पुगेको ६ वर्षमा ७ गाउँपालिका केन्द्रमा राष्ट्रिय प्रसारण लाइन पुगेको नेपाल विद्युत प्राधिकरण ताप्लेजुङका प्रमुख इन्जिनीयर प्रदिप कुमार शर्माले बताउनुभयो ।

फक्ताङलुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइन पुग्न बाँकी छ । फक्ताङलुङ गाउँपालिका जिल्लाको ठूलो तथा नेपालको तेस्रो ठूलो गाउँपालिका मानिन्छ ।

फुङिलङ नगरपालिकाका ९४ प्रतिशत घरधुरीमा पुगेको तर फुङलिङ नगरपालिकाको ११ नम्बर वडामा रष्ट्रिय प्रसारण लाइन नपुगेको प्राधिकरणका प्रमुख शर्माले बताउनुभयो ।

मेरिङदेन गाउँपालिकामा ६० प्रतिशत, मैवाखोला गाउँपालिका ४८ प्रतिशत र सिदिङवा गाउँपालिकामा २० प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण लाइन जडान भएको छ ।

पाथीभरा याङवरक गाउँपालिकामा ९० प्रतिशत, सिरिजंगा गाउँपालिकामा ३० प्रतिशत र मिक्वाखोला गाउँपालिकामा दुई प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण लाइन पुगेको विद्युत प्राधिकरण ताप्लेजुङको तथ्यांकमा उल्लेख छ ।

आठराई त्रिवेणी गाउँपालिकामा ९२ प्रतिशत घरधुरी संख्यामा राष्ट्रिय प्रसारण लाइन पुगेको छ । २०७८ सालको राष्ट्रिय जनगणनामा प्रारम्भिक घरधुरी २६ हजार १ सय ३९ रहेका छन् । जसमा ५० देखि ५५ प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण लाइन जडान भएको छ ।


 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया