गुल्मी : जीप दुर्घटनाका घाइतेलाई पाल्पा र बुटवल पठाइयो

 असोज १९, २०७९ बुधबार १७:९:२० | जनार्दन घिमिरे
unn.prixa.net

प्रतीकात्मक तस्बिर

गुल्मी – गुल्मीको सदरमुकाम तम्घास नजिकै जीप दुर्घटनामा घाइते भएकाहरूलाई थप उपचारका लागि पाल्पा र बुटवल पठाइएको छ । 

रेसुंगा नगरपालिका ४ अन्तर्गत अर्खलेको ठाडढुंगामा हिजाे मङ्गलवार राति लु १ ज ४४४८ नम्बरको जीप दुर्घटना हुँदा दस जना यात्रु घाइते भएका थिए । दुर्घटनामा घाइते भएकामध्ये गुल्मीकाे इस्मा गाउँपालिका ६ अमरपुरका जीप चालक २६ वर्षीय कृष्ण सुनार र रुपन्देहीकाे बुटवल उपमहानगरपालिका १४ का ३५ वर्षीय देवकला अर्याललाई थप उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिनुभयाे ।  

सुनारको दाहिने हात भाँचिएको छ भने अर्यालको घाँटीमा चोट लागेको छ । सुनारलाई पाल्पा र अर्याललाई सिटी स्क्यानका लागि बुटवल पठाइएको यादवले बताउनुभयाे । 

दुर्घटनाका अन्य घाइते भने सामान्य उपचारपछि आजै घर फर्किसकेका प्रहरीले जनाएको छ । पानी परिरहेको र सडक चिप्लाे भएका कारण गाडी अनियन्त्रित भइ दुर्घटना भएकाे प्रहरीकाे भनाइ छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया