पाल्पा–बुटवल सडक खुलाउने प्रयास चल्दै : घोराही–होलेरी सडक खुल्यो

 असोज २१, २०७९ शुक्रबार ८:१६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – पाल्पा बुटवल सडकखण्ड खुलाउने प्रयास भैरहेको छ । सडक खुलाउन अझै केही घण्टा लाग्ने प्रहरीले जनाएको छ । 

सिद्धार्थराजमार्ग अन्तर्गत हिउँदे खोला, सिद्धबाबा, भालेबास लगायतका क्षेत्रमा गएराति पहिरो गएपछि बाटो बन्द भएको हो । बन्द बाटो खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

यस्तै पाल्पा – वालिङ्ग सडकखण्ड र पाल्पा रिडी सडकमा भने अवरोध छैन । तर विभिन्न ठाउँमा पहिरो झरेपछि साना गाडीलाई समस्या भएको छ । 

यस्तै दाङको घोराही–रोल्पाको होलेरी सडक खुलेको छ । घोराही उपमहानगरपालिका–१९ थमबाँसमा हिजो खसेको पहिरो हटाएपछि सडक खुलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया