प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता, खोला तर्न नसक्दा उद्धार टोली बाटैमा रोकियो

 असोज २१, २०७९ शुक्रबार १८:२९:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

प्युठान – प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता भएका छन् । माण्डवी गाउँपालिका ४ फरन्डीमा बमबहादुर बुढा मगरको घर माथिबाट आएको पहिरोले बगाउँदा ६ जना बेपत्ता भएका वडाध्यक्ष डिलबहादुर घर्ती मगरले जानकारी दिनुभयो । 

पहिरोमा बमबहादुरसहित उहाँकी श्रीमती, बुहारी र तीन जना बालबालिका बेपत्ता भएको वडाध्यक्ष घर्ती मगरले बताउनुभयो । पहिराे गएकाे ठाउँ नजिकै रहेका तीन वटा घरका परिवारलाई अन्यत्र सारिएको छ । 

पहिरो आउन थालेपछि घरका सामान ओसार्ने क्रममा बमबहादुरका परिवारलाई पहिरोले पुरेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले उज्यालोलाई जानकारी दिनुभयो । पहिरोले सडक बन्द भएको र खोला बढेका कारण ६ घण्टासम्म पनि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विपद् प्रतिकार्यको उद्धार टोली घटनास्थलसम्म पुग्न सकेको छैन । 

उद्धार टाेली आज घटनास्थलमा पुग्न सक्ने सम्भावना कम रहेको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया