नेपाल कबड्डी लिग : पोखरासँगको खेलमा धनगढीकाे पहिलाे जीत
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै – अविरल वर्षासँगै गएको पहिरोबाट दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइनको एउटा टावर ढलेको छ । हिजाे शुक्रवार गएको पहिरोले लमही–घोराही १३२ केभी प्रसारण लाइनअन्तर्गत लमही नगरपालिका–६ बेल्दामारमा रहेकाे १८ नम्बर टावर ढालेको हो ।
प्रसारण लाइन ढलेपछि त्यस क्षेत्रको बिजुली आपूर्तिमा अवरोध भएको थियो । प्राधिकरणले अहिले वैकल्पिक व्यवस्था गरी घरायसी ग्राहकलाई बिजुली दिइएको छ । प्राधिकरणले हापुरे सबस्टेशनबाट ३३ केभी प्रसारण लाइनबाट लमही, घोराहीलगायतका क्षेत्रका घरायसी ग्राहकलाई बिजुली आपूर्ति दिएको छ । त्यस क्षेत्रमा धेरै बिजुली खपत गर्ने सिमेन्ट उद्योगहरू सञ्चालित छन् ।
प्राधिकरणले लमही–घोराही १३२ केभी प्रसारण लाइनको टावर नै ढलेपछि आपत्कालीन पुनर्स्थापना प्रणाली (ईआरएस) अन्तर्गत रहेको टावर जडान गरी बिजुली आपूर्ति दिने छ । ईआरएस टावर जडानका लागि सर्वेक्षण गर्न टोली खटाइएको छ । टावर जडान गर्न केही दिन लाग्ने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।