आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ
माघ ९, २०८१ बुधबार
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकामा झन्डै साढे ४ अर्ब रुपैयाँ बचत रकम फिर्ताको पहल गरिदिन भन्दै निवेदन परेको छ । बचतकर्ताले सहकारी संस्थाहरूबाट ४ अर्ब ४९ करोड ४५ लाख ६८ हजार ८ सय ३४ रुपैयाँ बचत फिर्ता गराइदिन मागदाबीसहित निवेदन दिएका महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले अनुसन्धान र कारबाहीका लागि प्रहरीमा पठाएका १ सय १८ वटा सहकारीका ६ हजार २ सय ६६ बचतकर्ताले यो मागदाबी गरेका हुन् ।
काठमाण्डौ महानगरपालिका कार्यक्षेत्र भएका १ हजार ९ सय १७ वटा सहकारी संस्था छन् । यीमध्ये सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणालीमा १ हजार ७ सय ४४ वटा संस्था दर्ता भएका छन् । तर वार्षिक प्रतिवेदन बुझाउनेको सङ्ख्या भने ८ सय ३८ वटामात्र छ ।
सम्पर्क बाहिर भएका सहकारीहरूको व्यवस्थापन, महानगरपालिकाले समस्याग्रस्त घोषणा गरेका सहकारीको व्यवस्थापन गर्ने, कर्जा सूचना केन्द्र, बचत तथा कर्जा सुरक्षण कोष र ऋण असूली न्यायाधीकरणलगायत विषयमा सङ्घीय सहकारी विभाग र महानगरपालिकाको सहकारी विभागका बीचमा समन्वय भइरहेको महानगरपालिकाको सहकारी विभाग प्रमुख नमराज ढकालले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।