च्याम्पियन्स लिगमा पीएसजीले म्यानचेस्टर सिटीलाई हरायो
माघ १०, २०८१ बिहिबार
कालीकाेट – लगातारको अविरल वर्षाका कारण कर्णाली राजमार्ग बन्द भएको छ । कर्णाली राजमार्गअन्तर्गत दुल्लु नगरपालिका २ दरबारे भिरमा ठूलाे पहिराे गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) भुवनेश्वर शाहले बताउनुभयाे ।
राजमार्गअन्तर्गत धेरै ठाउँमा पहिराे गएकाे छ । त्यस्तै राजमार्गअन्तर्गत कालीकोट खण्डकाे सुनारखाेला, पिली, दुबारेढुङ्गा र राँचुलीमा गएको पहिराे पन्छाउने काम भइरहेकाे कालीकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) जयश्वर रिमालले बताउनुभयाे । लगातारको वर्षाले कर्णाली काेरिडोरसमेत बन्द भएकाे उहाँले जानकारी दिनुभयाे । खहरे खाेलामा पानी बढेपछि एक गाउँबाट अर्काे गाउँ जानसमेत समस्या भएको छ । पानीले अन्नबालीमा क्षति गरेकाे छ ।
यस्तै त्रिभुवन राजपथको बाह्र घुम्तीमा केहीबेर अघि सुक्खा पहिरो जाँदा हेटौँडादेखि काठमाण्डाैतर्फको बाटो बन्द भएको छ । भीमफेदी गाउँपालिका २ मा पर्ने भैँसेबाट झन्डै १२ किलोमिटर उत्तरमा रहेको राजपथमा सुक्खा पहिरो जाँदा बाटो बन्द भएको भैँसे प्रहरी चौकी मकवानपुरले जनाएको छ । अहिले सुक्खा पहिरो हटाउने काम भइरहेको छ । केही घण्टाभित्रै दुवैतर्फको गाडी खुलाउने गरी काम भइरहेको प्रहरीले जनाएको छ ।
पहिराे खसेसँगै काठमाण्डाैबाट आएका र हेटौँडाबाट काठमाण्डाैतर्फ जाने विभिन्न गाडी बाह्र घुम्तीमा रोकिएका छन् । गाडी रोकिँदा गाडीमा सवार यात्रु अलपत्र परेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।