निराशाजनक 'कोप–२९' मा नेपालका लागि केही आशा
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - नेकपा (एकीकृत समाजवादी)ले आउँदाे मङ्सिर ४ गते हुने चुनावमा प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।
गठबन्धनका तर्फबाट १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १९ सिट प्राप्त गरेको याे पार्टीले सबै उम्मेदवारको नाम टुङ्गो लगाएको महासचिव डा वेदुराम भुसालले जानकारी दिनुभयो । पार्टी अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नं १ बाट र नेता झलनाथ खनाल इलाम क्षेत्र नं १ बाट उम्मेदवार बन्नुभएको छ ।
उपाध्यक्ष तथा वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे धादिङ क्षेत्र नं १, पार्टी उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा उदयपुर क्षेत्र नं २ र किसान श्रेष्ठ बारा क्षेत्र नं ४ बाट उम्मेदवारका रुपमा सिफारिस हुनुभएको छ ।
त्यसैगरी जीवनराम श्रेष्ठ काठमाण्डौ क्षेत्र नं ८, कृष्णलाल महर्जन ललितपुर क्षेत्र नं २, विरोध खतिवडा मकवानपुर क्षेत्र नं २, श्रीनाथ बराल कास्की क्षेत्र नं २, रामकुमारी झाँक्री गुल्मी क्षेत्र नं २, सोमप्रसाद पाण्डे पाल्पा क्षेत्र नं २, राजु गुरुङ रुपन्देही क्षेत्र नं २, मेटमणि चौधरी दाङ क्षेत्र नं १, प्रकाश ज्वाला सल्यान, धनबहादुर बुढा डोल्पा, अम्बर थापा दैलेख क्षेत्र नं १, भानुभक्त जोशी बझाङ र प्रेमबहादुर आलेले डोटीबाट उम्मेदवारी दिनुहुने भएको छ ।
प्रदेश सभा सदस्यका उम्मेदवारको छनोटका लागि गृहकार्य गरिरहेको याे पार्टीले जनाएको छ । पार्टीले दुवै सभाका समानुपातिक उम्मेदवारको नाम भने निर्वाचन आयोगमा बुझाइसकेको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।