रवि लामिछानेले चितवन-२ बाट उम्मेदवारी दिने

 असोज २३, २०७९ आइतबार १०:२६:४१ | राधेश्याम खतिवडा
unn.prixa.net

फाइल तस्बिर

चितवन - राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनुहुने भएकाे छ। उम्मेदवारी मनोनयनका लागि रविसहितको टोली चितवन आइपुगेको छ ।  

यसअघि चितवन-३ बाट उठ्ने तयारी गर्नुभएका उहाँले चितवनको निर्वाचन क्षेत्र नम्बर २ बाट उठ्ने निर्णय गर्नुभएको हाे ।  काठमाण्डौको २ र ३ मा पनि उहाँको चर्चा रहेको थियो। 

राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन-१ बाट हरि ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । मनोनयन दर्ताअघि लामिछानेले जिल्लाका स्वतन्त्र अभियान्ताहरुसँग छलफल गर्ने बताइएको छ। 

अन्तिम अपडेट: बैशाख १३, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया